मधेश

बालिकामाथि यौन दुर्व्यवहार

इकागज |
पुस १६, २०७७ बिहीबार ७:९ बजे

सांकेतिक तस्बिर

सप्तरी : पछिल्लो समय बालाधिकार हननको घटना बढ्दै गएको भनेर सरोकार पक्षले चिन्ता व्यक्त गरिरहेका बेला पुनः एक बालिका यौन दुर्व्यवहारको शिकार भएकी छन् । इन्सेक सप्तरीले गत सोमबार मात्र सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेखित १३० मध्ये बालअधिकार हननको घटना मात्रै ५० वटा सार्वजनिक भएको थियो । सन् २०२० अन्त्य हुनु अगावै कञ्चनरुप-१२ का ३२ वर्षीय दिनेश विश्वकर्माविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले बालयौन दुर्व्यवहारको उजूरी दर्ता गरेको छ ।

आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताएपछि उनकी आमाले दिएको उजूरी प्रहरीले दर्ता गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । पीडितकी आमाले आरोपितलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गर्न माग गरेकी छन् । घटनापछि फरार  आरोपितको खोजी तीव्रताका साथ भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
 



Author

थप समाचार
x