मधेश

प्रदेश २ को नाम अब मतदानबाट

इकागज |
पुस २७, २०७८ मंगलबार १४:१३ बजे

काठमाडौं - प्रदेश नं. २ को नामाकरण मतदानबाट गरिने भएको छ । प्रदेश सभामा पेश भएका नामाकरण सम्बन्धी प्रस्तावमा सहमति नजुटेपछि राजधानी र नामाकरण मतदानबाट गरिन लागिएको हो।

सभामुख सरोजकुमार यादवले बोलाएको बैठकले प्रदेशको नाम र राजधानीको प्रस्तााव मतदानबाट गर्ने सहमति भएको हो । प्रदेश सचिवालयले सर्वदलीय बैठकले यस्तो निर्णय गरेको जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश प्रदेशको नाम प्रस्ताव गरेका छन् । प्रस्तावमा ६३ सांसद छन् । सो नाम पारित गराउनका लागि अझै ७ सांसद चाहिन्छ।


प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न एक संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाममाथि सांसदहरूबीच छलफल चलेको थियो।

प्रदेश नं. २ को नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस प्रस्ताव गरिएको थियो भने स्थायी राजधानीका लागि जनकपुरधाम र वीरगञ्जराखिएको सचिवालयले जनाएको छ। सो नाममाथि चलेको छलफलमा कुनै प्रस्तावमाथि सहमति जुट्न सकेको थिएन। 

जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा एमाले रहेका छन् । यो प्रस्तावमा २१ सांसद भन् भने  कांग्रेस मिथिला भोजपुरा नाममा उभिएको थियो । कांग्रेसका १९ सांसद छन् । कांग्रेसका एक सांसदभने मध्य मधेशको पक्षमा छन् ।
 


Author

थप समाचार
x