प्रदेश २ नेकपा संसदीय दलको नेतामा महतो चयन
जनकपुरधाम : नेकपा प्रदेश नम्बर २ (दाहाल–नेपाल)को संसदीय दलको नेतामा शत्रुघ्न महतो चयन भएका छन् । मंगलबार संसदीय दलको बैठकले उनलाई निर्विरोध दलको नेतामा चयन गरेको हो । समूहको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर महताेलाई दलको नेतामा चयन गरेको हाे ।
दाहाल–नेपाल पक्षको प्रस्तावमा महतो संसदीय दलको नेता चयन भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर भने चुनावी प्रक्रियामा सहभागी भएनन् । प्रदेश नम्बर २ मा नेकपाका ३२ जना सांसद रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया