मधेश

एमाले रौतहट अध्यक्षमा साह घोषणा, तर गिरी पक्षले भन्यो- एकलौटी कमिटी अवैध हो

इकागज |
माघ ३, २०७८ सोमबार ९:९ बजे

रौतहट- नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । 

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।


एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।

तर, गिरीले 'अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध' भनेका छन् । 'अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन ।  सोमबार दिउँसो ११ बजे  गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,' नयाँ कमिटी घोषणा अघिसम्म अध्यक्ष रहेका गिरीले आह्वान गरेका छन् ।

तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र  रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् ।


Author

थप समाचार
x