भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा
सांकेतिक तस्बिर
पर्सा- वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र-२-०३-००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो ।
बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाण्डौ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो ।
ट्रक चालक वीरगञ्ज-२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया