मधेश

मधेश प्रदेशमा विषयगत समितिहरुको सभापति चयनका लागि उम्मेदवारी आव्हान

इकागज |
माघ १९, २०७८ बुधबार १३:४२ बजे

फाइल फाेटाे

जनकपुरधाम - मधेश प्रदेशमा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरुको सभापति चयन प्रक्रिया सुरु गरिएको छ । 

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना प्रकाशित गरी प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदका लागि उम्मेदवारी दर्ताकाे आव्हान गरेका हुन् । 


जारी सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समयावधि तोकिएको छ । 

प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानुनी व्यवस्था रहेपनि उम्मेदवारी दर्ताका लागि आव्हान गरिएको हो ।


Author

थप समाचार
x