मधेश

किसानको समस्या पहिचान तथा समाधानमा लागि मधेश सरकारद्वारा समिति गठन

इकागज |
माघ २२, २०७८ शनिबार १२:२ बजे

जनकपुरधाम - किसानको समस्या पहिचान तथा समाधान गर्न मधेश प्रदेश सरकारले प्रदेश एक उच्च स्तरीय समिति गठन गरेको छ । प्रदेश सरकारको शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकास सर्राफ सदस्य रहेका छन् । समितिले कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या, विमाको अवस्था, डुवान कटानको अवस्था , कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था, मधेश प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारको लागी गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।


समितिलाई १५ दिनभित्र अन्तरिम प्रतिवेदन र एक महिनाभित्र पूर्ण प्रतिवेदन बुझाउने मन्त्रिपरिषद्‍मा पेश गर्ने समयावधि दिइएको प्रवक्ता साहले बताए। एक महिनाभन्दा बढी समयदेखि जनमत पार्टीद्वारा जारी किसान आन्दाेलनकाे समस्या प्रादेशिक स्तरमा समाधान गर्न साे समिति गठन गरिएकाे हो।

हुनत जनमत पार्टीले प्रधानमन्त्रीकाे नेतृत्वमा उच्चस्तरीय समिति गठनकाे माग गर्दै आएकाे छ । जनमत पार्टीले जारी राखेकाे किसान आन्दाेलनकाे माग सम्बाेधन गर्न समिति गठन गरिएकाे भन्ने जिज्ञासामा प्रवक्ता साहले भने जनमत पार्टीकाे माग सम्बाेधन भन्दापनि किसानलाई देखिएकाे समस्याकाे दृष्टिगत गर्दै समिति गठन गरिएकाे हाे ।


Author

थप समाचार
x