मधेश

मधेश प्रदेशमा एक राज्यमन्त्री थपियाे

इकागज |
माघ २३, २०७८ आइतबार ११:५१ बजे

जनकपुरधाम - मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएकाे छ । एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्ति गरिएको हाे ।

आइतबार बिहान नवनियूक्त राज्यमन्त्री यादवलाई प्रलेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएको मधेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । एकीकृत समाजवादीले मन्त्रिपरिषद्‌मा सता गठबन्धनमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमतिअनुरूप राज्यमन्त्रीमा यादवलाई नियुक्त गरिएकाे हाे ।


राज्यमन्त्री यादव राैतहट ३ (क) बाट निर्वाचित हुन । नेकपा एसले यसअघि उद्याेग, पर्यटन तथा वन मन्त्रालय र कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय सम्भाल्दै आएको छ ।


Author

थप समाचार
x