प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्लाहीका विभिन्न स्थानीय तहकाे कामकाज ठप्प
जनकपुरधाम- सर्लाहीकाे विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ। जिल्लाकाे २० वटा स्थानीय तहमध्ये प्रमुख दुई नगरपालिका र तीन गाउँपालिमामा प्रमुख प्रशासकीय अधिकृतविहीन रहेकाे कारण दैनिक रूपमा कामकाज सम्पादन गर्न समस्या भइरहेकाे हाे ।
सर्लाहीकाे हरिवन नगरपालिका, हरिपुर नगरपालिका र चक्रघट्टा, रामनगर र धनकौल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहिन रहेकाे छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल सरूवा भएर गएकाे एक महिनादेखि हरिवन नगरपालिकाकाे कामकाज ठप्प रहेकाे छ। नगरप्रमुख गणेशप्रसाद प्रसाईले चुँडाल कार्यालय छाडेर गएको एक महिना भइसकेकाे छ। मन्त्रालय जति धाउँदा पनि हालसम्म नयाँ प्रशासकीय अधिकृत नपठाएको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको कामकाज पूर्ण रूपमा प्रभावित हुन गएपछि नगर कार्यपालिकाको बैठकबाट शिक्षा शाखामा कार्यरत उपसचिव नवराज निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई काम गराउँदै आएकाे उनले जानकारी दिए ।
त्यसैगरी, जिल्लाको हरिपुर नगरपालिका पनि अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ।साे नगरपालिकाले पनि सामाजिक विकास शाखाका अधिकृत विनय पौडेललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई कामकाज गराउँदै आएको छ। नगरपालिकाका उपनगर प्रमुख रेणुकादेवी काफ्लेले प्रमुख प्रशासकीय अधिकृत नभएकाे कारण दाेश्राे चाैमासिक सम्पन्न हुन लाग्दा पनि धेरै याेजना कार्यान्वयन गराउन समस्या भइरहेकाे बताइन् ।
त्यसैगरी, चक्रघट्टा, रामनगर र धनकौल गाउँपालिकालगायतका स्थानीय तहमा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा छन्। ती गाउँपालिकाहरूमा कामकाज ठप्प रहेकाे छ। स्थानीय तहमा जनप्रतिनिधिसँगको खटपटपछि प्रमुख प्रशासकीय अधिकृतहरू सरुवा गराएर जाने गरेकाे मधेश प्रदेशका अधिकांश स्थानीय तहमा क्रम बढदै गएकाे छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा याेजना कार्यान्वयन, र विकास निर्माणका साथै आर्थिक कारोबारसमेत प्रभावित हुंदै आएकाे छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया