आज मधेस प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ : तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा ‘जनयुद्ध’ अर्थात सशस्त्र द्वन्द्व घोषणा गरेको दिनको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गदै आइतबार(आज) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनइँदैछ । खासगरी तत्कालीन नेकपा माओवादी अर्थात अहिलेको माओवादी केन्द्रले यो दिवस मनाउँदै आएको छ । नेपालमा गणतन्त्र, नयाँ संविधान र संघीयता ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया