मधेश

अवैध रूपमा बालुवा उत्खनन् गर्ने स्काभेटरसहित टिपर प्रहरी नियन्त्रणमा

इकागज |
फागुन ३, २०७८ मंगलबार १९:२० बजे

जनकपुरधाम- धनुषा प्रहरीले अवैध रूपमा बालुवा गिट्टी उत्खनन् गरिरहेका स्काभेट सहित आधा दर्जन टिपर नियन्त्रणमा लिएकाे छ । जिल्लास्थित कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको अवस्थामा एक स्काईभेटर सहित आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खन्न गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्तरूपमा खटेका प्रहरीले एक स्काभेटर र ७ वटा टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।



Author

थप समाचार
x