मधेश

कांग्रेस धनुषाकाे सभापतिमा ३ जनाकाे मनाेनयन

इकागज |
फागुन १९, २०७८ बिहीबार १७:५ बजे

जनकपुरधाम-  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनुषा जिल्लाकाे नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जना गरी सभापति पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका हुन्।

संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्ताेष यादव, संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र काेइराला समूहबाट संविधान सभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले मनाेयन दर्ता गराएका छन्। पजियार विमलेन्द्र निधि गुटका हुन भने प्रसैला शेखर कोइराला गुटका छन्।


त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले मनाेयन दर्ता गराएका हुन्। सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन्।

जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि फागुन २३ गते चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ। निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन्। यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन अध्यक्ष अरूण ज्ञवालीले जनाएको छ।


Author

थप समाचार
x