मधेश

हेडमास्टरको कृषि मोह : अवकाशपछि कागती खेतीमा भागवत

सौरभ यादव |
कात्तिक ८, २०७७ शनिबार १४:३६ बजे

राजविराज : सप्तरीमा एक अवकाश प्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेशामा  आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पुरा गर्न भागवत यादव खेतबारीको काममा लागेका हुन् 

वार्षिक ४ पटकसम्म फल दिने कागतीतर्फ जिल्लाका कृषकहरुलाई कृषितर्फ उन्मुख गर्नसमेत यादव प्रचारप्रसारमा लागेका छन् । सप्तरीमा वार्षिक झण्डै ६ करोड रुपैयाँ बराबरको कागती खपत हुन्छ । तर, कृषकहरुले झन्झट मानेर कागती खेती नगर्दा व्यापारीहरुले ५ करोड ४० लाख रुपैयाँ बराबरको कागती भारतबाटै आयात गरेर बजारको माग पुरा गर्ने गरेका छन् ।


भारतीय कागतीको माग घटाउन तथा जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले डाकनेश्वरी नगरपालिका ९ का शिक्षक यादवले अवकाश पाएपछि घरसँगै टाँसिएको २ बिघा जग्गामा कागती खेती सुरु गरेका हुन् ।
    
२०३३ सालमा शिक्षण पेशामा लागेर प्रधानाध्यापक समेत भइसकेका उनी कागती खेतीमा लागेका यतिवेला विरुवा रेखदेखमा व्यस्त छन् । वर्षमा ४ पटकसम्म कागतीको विरुवा फल दिएपनि जानकारी नरहेका कारण झन्झट मानिरहेका कृषकहरुलाई खेती गर्न उत्साहा बढाएर देशका ठुल–ठुला शहरसम्म कागती पु¥याउने आफ्नो सोच रहेको यादव बताउँछन् ।  

हाल मासिक ३५ हजार रुपैयाँसम्मको कागती बजारमा पुर्‍याइरहेपनि भारतीय कागतीले बजार ओगटेकोले स्थानीय उत्पादनलाई बजार बनाउन कठिनाई हुनुका साथै प्राविधिक अभावका कारण समेत समस्या हुने गरेको यादवको गुनासो छ ।


Author

थप समाचार
x