मधेश

पाहुना बनेर मध्यरातमा बालिकामाथि बलात्कार

इकागज |
माघ ११, २०७७ आइतबार ११:४२ बजे

पर्सा : वीरगञ्जमा घरमा पाहुना आएका भारतीयले बालिकामाथि बलात्कार गरेका छन् । कोठा खोज्न आएको भन्दै भारतीय नागरिक नेहाल मिँया बालिकाको घरमा पाहुना लागेर बलात्कार गरेका हुन् ।

बालिकाका बुवा र नेहाल साथी रहेको बुझिएको छ । शनिबार बिहान बालिकालाई जबर्जस्ती करणी गरिरहेको बेला बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । त्यसपछि मियाँ फरार भएका थिए । 


बालिकाका बुवाले प्रहरीमा खबर गरेपछि फरार रहेका मियाँ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार मियाँविरुद्ध पर्सा जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको छ ।


 


Author

थप समाचार
x