मधेश

वीरगंजमा बन्दको आशिंक प्रभाव

इकागज |
माघ २२, २०७७ बिहीबार १३:१४ बजे

वीरगंज : नेकपा दाहाल–नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव वीरगंजमा पनि आंशिक रूपमा परेको छ । बन्द गराउदै हिँडेका समूहका करिब १८ नेता कार्यकर्ताहरूलाइ प्रहरीले पक्राउ गरेको छ । पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरकाअनुसार वीरगन्जको चोक–चोकमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यस्तै  आमहड्तालका कारण वीरगन्जमा आज लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् । तर इ-रिक्सा, मोटरसाइकल, र नीजी कारहरू भने  चलिरहेका छन् । पसलहरू पनि आंशिक रूपमा बन्द छन् । महानगरको भित्री टोल र गल्लीका पसलहरु भने खुलेका छन् ।


यता कार्यकर्ता पक्राउको विरोधमा नेकपाका दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले विभिन्‍न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । ग्रामीण भेगको जनजीवन भने सामान्य छ ।  पर्साको ग्रामीण भेगमा आज यातायात, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरू नियमित रूपमा सन्चालनमै छन् ।

बाराको कलैयामा पनि आमहडतालको आशिंक प्रभाव परेको छ ।  बजारमा समूहका नेता कार्यकर्ताहरूले बिहानैदेखि सडकमा निस्किएर बजार बन्द गर्न आग्रह गर्दै हिडेका छन् । बारामा पनि शैक्षिक संस्था बन्द रहेका छन् । प्रर्दशन गर्दै गरेको अवस्थामा समूहका करिब ६ जना कार्यकर्ता बाराको कलैयाबाट पनि पक्राउ परेका छन् ।

अन्य दिनको तुलनामा आज सुनसान नै देखिएको छ । यस्तै रौतहटमा पनि बन्दको प्रभाव परेको छ । रौतहटमा पनि शैक्षिक संस्था ,बजार व्यवसाय , यातायत ठप्प रहेका छन् ।


Author

थप समाचार
x