मधेश

जनकपुर तनावग्रस्त : प्रहरी र नगरप्रमुखसहित तीन घाइते

सुवास कर्ण |
माघ २२, २०७७ बिहीबार १५:५१ बजे

जनकपुरधाम : जनकपुर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरधामको जनकचोकमा  दाहाल-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परी प्रहरी नायब निरीक्षक नरेन्द्र यादब, प्रहरी जवान लालबाबु राय र शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया घाइते भएका छन् ।  

बिहानदेखि १२ बजेसम्म अवस्था समान्य रहेपनि १२ बजे पछि निस्केको प्रदर्शनकारीको जुलुस उग्र बन्दै गएपछि प्रहरीसँग झडप भएको हो । यस अघि जनकपुरधामै पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहित दर्जनौँ घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड अश्रुग्याँस हवाई फायर गरेको थियो । 



Author

थप समाचार
x