मधेश

पूर्वमन्त्री यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

इकागज |
माघ २२, २०७७ बिहीबार १८:८ बजे

जनकपुरधाम : जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ । प्रहरीको लाठी चार्जबाट घाइते भएका यादव र झासहित शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

उनीहरूलाई  प्रादेशिक अस्पताल जनकपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि


काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए । उनकाअनुसार चारै जनालाई काठमाडौंस्थित टिचिङ अस्पतालमा लगिएको हो । 

झाको टाउकोमा गहिरो चोट छ । यादवको भने तिघ्राको माथिल्लो भागमा अस्रु ग्यासकाे सेलले लागेर निकै असर पुर्‍याएकाे छ । तिघ्रासँगै उनको अण्डकोषमा समेत गम्भीर चोट लागेको छ । नगरप्रमुख बरबरिया र नेता साहलाई टाउको र शरीरका अन्य भागमा चोट देखिएको छ । 


Author

थप समाचार
x