मधेश

दाहाल-नेपाल समूहकाे आम हड्ताल

प्रदर्शनको क्रममा प्रदेश २ मा ६१ जना पक्राउ

इकागज |
माघ २२, २०७७ बिहीबार १९:२० बजे

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आमहड्तालको क्रममा प्रहरीले प्रदेश २ मा ६१ जनालाई नियन्त्रणमा लिएकाे छ । बन्द गराउँदै हिँडेका प्रदेश २ का दाहाल-नेपाल समूहका ६१ जनालाई नियन्त्रणमा लिएकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार सबभन्दा बढी पर्सा जिल्लाबाट ३१ जनालाई नियन्त्रणमा लिइएकाे हाे । त्यस्तै धनुषाबाट ११, महोत्तरीबाट ५, रौतहटबाट ६, बाराबाट ८ र सिरहाबाट २ जनालाई नियन्त्रणमा लिइएको हो । सर्लाही र सप्तरी जिल्लामा प्रदर्शन शान्तिपूर्ण भएको र कसैलाई नियन्त्रणमा नलिइएकाे प्रहरीले जनाएकाे छ । 


अन्य जिल्लाहरुमा प्रदर्शनको क्रममा सवारी साधन र पसलहरुमा तोडफोड गरेकाेले नियन्त्रणमा लिइएकाे प्रदेश प्रहरीका प्रवक्ता कृष्ण प्रसाईँले जानकारी दिए ।नियन्त्रणमा लिइएका मध्ये सिरहा जिल्लाका बाहेक अन्य सबै जिल्लाका ५९ जनालाई साँझ ५ बजेपछि रिहा गरिएकाे प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x