मधेश

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्‍चालनमा

इकागज |
फागुन ५, २०७७ बुधबार १८:३१ बजे

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश सरकारले गठन गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्‍चालनमा आएको छ । प्रादेशिक अस्पतालभित्रै गठन गरिएको प्रतिष्ठानको बुधबार मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरे । 

प्रतिष्ठान कार्यालय उदघाटन गर्दै मुख्यमन्त्री राउतले प्रतिष्ठान सञ्‍चालनमा आएपछि प्रदेश २ ले स्वास्थ्य क्षेत्रमा ठूलो सुधार आउने बताए । उनले प्रदेश २ स्वास्थ्यको सूचकांममा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।


सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने अकांक्षा अब प्रतिष्ठानले पूरा गर्ने भन्दै उनले भने, ‘यो सुरुवात मात्रै हो, यहाँ एमबीबीएस, एमडीलगायतको पढाइसमेत हुनेछ ।’

उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशवासीको ठूलो सपना पूरा भएको बताए । प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरूमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगको उपचार नहुनेलगायतका समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।


Author

थप समाचार
x