मधेश

लागूऔषध सहित तीन पक्राउ

इकागज |
फागुन ९, २०७७ आइतबार ९:२५ बजे

जनकपुरधाम : धनुषाको बटेश्वरबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवामा बस्ने २१ वर्षे केशव सिंह, २० वर्षे रोशन ठाकुर र सहिल सिंह रहेको प्रहरीले जानएको हो ।

शनिबार बेलुका बटेश्वर गाउँपालिका २ धुमासनबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रकाउ परेका साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट सहित एउटा बरामद भएको ईप्रका महेन्द्रनगरले जनाएको हो । प्रहरीले उनीहरू चढेको ज ७ प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।



Author

थप समाचार
x