मधेश

७ वर्षीय बालकको अपहरणमा बुवा र मामाको सलंग्नता

इकागज |
फागुन ९, २०७७ आइतबार ११:७ बजे

जनकपुर : धनुषा प्रहरीले अपहरित एक बालकलाई शनिवार राति सकुशल उद्धार गरेको छ । अपहरण आरोपमा उनकै बुवा र मामा सहित ३ जनालाई पक्राउ गरिएको छ । 

जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार दिउंसो एक बजेदेखि अपहरणमा परेका ७ वर्षीय बालक रमेश दासको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको हो ।


‘रमेश दासका छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामको एक होटलबाट सकुशल उद्धार गरेको हो ।’

बच्चाको अपहरणमा संलग्न भएका उनका बुवा रमेश र लक्ष्मेश्वर दाससहित दुई जना मामा पक्राउ परेका छन् । बच्चा अपहरणमा उनको बुवाको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x