मधेश

सिराहामा पाँच हजारले लगाए कोभिड खोप

इकागज |
फागुन ९, २०७७ आइतबार १२:२५ बजे

सिराहा : सिराहामा पाँच हजार ३५३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट  खोप लगाइएको  कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् । रासस 



Author

थप समाचार
x