मधेश

जग्गा विवादमा दम्पतिको अपहरणपछि चक्काजाम

सुवास कर्ण |
फागुन ११, २०७७ मगलवार १२:५५ बजे

जनकपुरधाम : जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको अपहरपछि स्थानीयले महोत्तरीको सहोडवामा चक्काजाम गरेका छन् । जिल्लाको पिपरा गाउँपालिका-५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया श्रीमति  गीतादेवीलाई सुतेको अवस्थामै घरबाट अपहरण भएकोमा स्थानीयले जनकपुर भिट्ठामोड सडकखण्डको सहोहवामा चक्काजाम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थानीयका अनुसार मोसाफिर झा अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए । जग्गाको विषयमा विपक्षीसंग केही दिन अगाडि विवाद समेत भएको थियो । मंगलबार बिहान अबेरसम्म झा दम्पतिलाई नदेखेपछि गाउँका व्यक्तिहरू घरमा गएर हेर्दा सुत्ने कोठामा झा दम्पति थिएनन् । त्यहाँ रगतको थोपा देखिएपछि घटना शंकास्पद देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै झा दम्पतिको खोजीको माँग गर्दै स्थानीयले चक्का गरेका थिए ।


दुबैको पत्तो नलागेसम्म चक्का जाम राख्ने स्थानीयहरूको चेतावनी छ । चक्का जामका कारण यात्रुहरूलाई बिहानैदेखि आवत-जावतमा समस्या भइरहेको छ । अपहरित दम्पतिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x