मधेश

धनुषामा कुकुरको टोकाइबाट बालिकाको मृत्यु

इकागज |
फागुन १७, २०७७ सोमबार १३:१८ बजे

जनकपुरधाम : धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । गएराति जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-१ दरजी टोल निवासी मोहम्मद अख्तरको १२ वर्षीय छोरी सिमरन खातुनको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार राति शौचालय जाने क्रममा कुकुरले शरीरको विभिन्न भागमा टोकेको थियो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । उनकाअनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।



Author

थप समाचार
x