भारतसँग आँखा जुधाउने हैसियत एमाले पार्टीमा मात्रै छ : पोखरेल
जनकपुरधाम– भारत सामु आँखामा आँखा मिलाएर कुरा गर्ने हैसियतमा एमाले पार्टी मात्रै रहेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन्।
सोमबार एमाले धनुषाको सातौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले नेपालकै इतिहासमा भारत सामु आँखामा आँखा मिलाएर कुनै पार्टी वा व्यक्ति नरहेको हैसियत नरहेको बताउँदै त्यो हैसियत एमाले पार्टी र सो पार्टीका अध्यक्ष केपी ओलीको रहेको दाबी गरे।
‘खुल्ला सीमाना र बेटी रोटीको सम्बन्ध रहेको कारण हामी भारतसँग नजिक छौं, संस्कृति, पहिरन र भाषा मिल्दो जुल्दो भएको कारण आत्मीय सम्बन्ध छ,’ उनले भने ।
‘भारत हाम्रो मित्र राष्ट्र हो, मित्रसँग आँखामा आँखा मिलाएर कुरा गर्नुपर्छ’ उनी भन्छन्, ‘नेपालमा भारत सामु आँखा जुधाएर कुनै नेतामा हैसियत नभई ओलीमा मात्र रहेको प्रमाण पछिल्लो पटक देशमा भएको लामो नाकाबन्दी खुलाउनु हो ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्ना कुरा राखेर नाकाबन्दी खुलाएर कहिले पनि नाकाबन्दी हुन नदिने वातावरण केपी ओलीले बनाएको उनको दाबी थियो ।
नागरिकता सम्बन्धी समस्याबारे वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ‘अध्यादेश मार्फत तराई मधेशमा रहेका नागरिकता समस्या समाधान गर्न एमाले पार्टीले चाहँदा मधेशी जनता विरोधी गठबन्धन सहभागी माओवादी नेताहरुले सर्वोच्च अदालत उजुरी दिएर थप समस्या उत्पन्न गरिदियो ।’
एक अर्को प्रसंगमा पोखरेलले भने ‘विगतका नेकपा फुट्नुको प्रमुख कारण माधव नेपाल र प्रचण्ड हो ।’ पार्टीलाई आफ्ना विर्ता ठानेका माधव नेपालले केपी ओलीलाई अध्यक्ष पदमा सहन नसकेर प्रचण्डलाई प्रभावमा पारी नेकपा फुटाएको उनको भनाइ थियो । ‘नेपाललाई आफ्ना विर्ताको चिन्ता र प्रचण्डलाई मुख्य अध्यक्ष बन्ने लालसाले पार्टी फुट्यो, तर जे भयो राम्रो भो, पार्टी भित्रका विषहरु निक्लेर गएका छन् अब स्वच्छ एमाले बनेको छ ।’ उनले भने ।
कार्यक्रममा पार्टी सचिव रघुवीर महासेठले एमाले मधेश विरोधी पार्टी नभई विकासप्रेमी पार्टी रहेको दाबी गरे । उनले भने ‘दुईसय ६० वर्षसम्म हुन नसकेको विकास एमाले पार्टीले मात्र साढे तीन वर्षकै अवधिमा गरेर देखाएको छ ।’
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका मधेश प्रदेश समितिका अध्यक्ष रामअवतार यादव, पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, केन्द्रिय सल्लाहकार गंगाराम यादव, धनुषा इन्चार्ज रामचन्द्र मण्डल लगायतका नेताहरुले आउँदो चुनावमा बहुमत ल्याउने दाबी गर्दै आ आफ्ना धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया