मधेस प्रदेश इन्जिनियर्समा गैरराजनीतिक समूहका पण्डित निर्वाचित
जनकपुरधाम- नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गैरराजनीतिक समूहका गौरी पण्डित निर्वाचित भएको छ ।
कांग्रेस निकट सिडेनका उम्मेद्वार श्याम किशोर यादवलाई ५२ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । कुल १ हजार ८ मत खसेकोमा पण्डितले ४ सय ३ मत ल्याएका थिए भने यादवले ३ सय ५१ मत पाएका थिए ।
पण्डितले गैरराजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको तर्फबाट उम्मेद्वारी दिएका थिए भने जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेद्वार बनेका राजेश यादवले १ सय ७१ मत पाए ।
लोकतान्त्रिक समूहबाट अध्यक्ष पदका अर्का उम्मेद्वार दीपेन्द्रकुमार साहले २ सय ३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार कार्तिकेश झाले ३ सय २४ मत ल्याएका छन् भने सचिवमा गठबन्धनकै रामनारायण यादवले ३ सय ७५ मत ल्याएर निर्वाचित भएका हुन् ।
सहसचिवमा कांग्रेस निकट रामइश्वर यादव ४ सय २६ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गैर राजनीतिक समूहका तेजनारायण यादवले ४ सय ३० मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै सदस्यहरुमा नेहा कर्णले ४९०, छितेश कुमार यादवले ४२८, अञ्चली ठाकुरले ३९६, प्रविणकुमार यादवले ३८३, रवीकुमार साहले ३६७, प्रियांसुकुमार गुप्ताले ३६०, सुमी मिश्राले ३५२, रिताकुमारी यादवले ३५२, दीपककुमार मण्डलले ३४०, बिनिताकुमारी यादवले ३४० मत ल्याएर विजयी भएका छन् ।
प्रदेशबाट केन्द्रीय सदस्यमा गठबन्धनका सञ्जयकुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् । नवनिर्पाचित पदाधिकारीहरुमध्ये ७ जना गैर राजनीतिक समूहबाट निर्वाचित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया