मधेश

मन्त्रिमण्डलमा अब हैसियत अनुसारको भाग लिनेछु : प्रचण्ड

इकागज |
चैत ८, २०७८ मंगलबार १५:२५ बजे

जनकपुरधाम–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डलमा अब हेरफेर भए अब हैसियत अनुसारको भाग लिने बताएका छन्।

मंगलबार जनकपुरधामा पार्टीद्वारा आयोजित प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने ‘अब मन्त्रिमण्डलमा हेरफेर भयो भने माओवादीले आफ्नो हैसियत अनुसारको भाग लिनेछ।’
 


सञ्चारकर्मीहरुले मन्त्रिमण्डल हेरफेर हुने कुरा आइरहेको छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले केही दलहरुलाई समेत सहभागी गराई मन्त्रिपरिषद विस्तार गर्ने कुरा भइरहेको बताए । जति दल सरकारमा सहभागी भए हामीलाई आपति छैन, तर माओवादीले अब आफ्नो हैसियत अनुसारको मन्त्रालयहरुले लिनेछ ।

उनले माओवादीले हैसियत अनुसरकाको मन्त्रिपरिषदमा भाग पाउनुपर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा भएको र सहमतसमेत रहेको बताए ।
‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ । तर अहिलेसम्म औपचारिक रुपमा जानकारी आफू कहाँ आएको छैन’ उनले भने, ‘तर केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि रहेको आफूहरुलाई पनि जानकारी आएको छ।’
 


Author

थप समाचार
x