मधेश

एकीकृत समाजवादीले भन्यो–एमालेबाहेक कुनैपनि दलसँग चुनावमा जान सक्छौं

इकागज |
चैत ११, २०७८ शुक्रबार १८:२७ बजे

जनकपुरधाम–नेकपा एकीकृत समाजवादी पार्टीले आगामी निर्वाचनका लागि एमाले बाहेक कुनैपनि दलसँग गठबन्धन गर्न सक्ने बताएका छन ।
शुक्रबार जनकपुरधाममा नेकपा एसका समाजवादी प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यस्तो बताएका हुन ।
उनले भने ‘प्रतिगमनकारी शक्तिलाई परास्त गर्न निर्माण भएको पाँच दलीय गठबन्धन चुनावसम्म कामय रहनु पर्छ र राष्ट्रिय हितका लागि एक राष्ट्रभक्तहरु एक जुट भइ अघि बढ्नु पर्ने आवश्यकता रहेको हाम्रो पार्टीको पार्टीको प्रयास हो ।’

‘तर गठबन्धन नेतृत्वकर्ता कांग्रेसको चुनावबारे भिन्न भिन्न धारणा आइरहेकाले गठबन्धनमा रही चुनाव लड्ने या एक्लै जाने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ,’ उनले भने, ‘कांग्रेस चुनावी गठबन्धन नआएपनि नेकपा समाजवादी पार्टी र माओवादी केन्द्रसँगै गठबन्धनमा चुनाव लड्नेछ ।’


खतिवडाले अहिलेसम्म नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पनि सँगै जाने बताउंदै आएको उनले बताए । ‘आगामी दिनमा राष्ट्रियता, समाजवाद र आर्थिक समृद्धिलाई मध्येनजर गर्दै सहकार्य गर्ने जुनसुकै पार्टीसंग हामी सहकार्य गर्न तयार छौं, तर एमालेसँग मिलेर जाने कुनै अवस्था छैन ।’ उनले भने ।
ओलीको अर्कमण्यताको कारण सांसदहरुकै अस्तित्व खतरामा परेको बेला प्रतिगमन विरोधी शक्तिहरुको संगठित हुन थालेपछि आफूहरु एकजुट भएर अघि बढेको उनले बताए 
 


Author

थप समाचार
x