निर्वाचन क्षेत्र विकासको काम अघि बढाउन माग
जनकपुरधाम– निर्वाचन क्षेत्र विकास योजनाको काम अगाडि बढाउन मधेश प्रदेशका प्रदेश सभा सदस्यहरुले माग गरेका छन् ।
करिब दुई महिनापछि बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले प्रदेश निर्वाचन क्षेत्रको काम तत्काल अगाडि बढाउन माग गरेकी छिन् ।
उनले भनिन् ‘हामी प्रदेश सभा सदस्यहरुले असोज महिनामै आ आफ्ना योजना बुझाइसकेका छौं, तर ६ महिना बितिसक्दा पनि बजेट उपलब्ध गराइए पनि कार्यान्वयनमा ल्याइएको छैन, यहाँसम्म कि एउटा इन्जिनियर पनि तोकिएको छैन ।’
अनुसार प्रदेश सरकारले व्यक्ति व्यक्ति हेरी निर्वाचन क्षेत्र विकासको कार्यक्रम अघि बढाउने गरेको उनको आरोप छ। ‘यस्तो हो भन्ने हामी संसद अवरुद्ध गर्नेछौं ।’ उनले भनिन्। विभेद गरियो भने हाउस कुनैपनि हालत चल्न नदिने उनले बताइन् ।
प्रदेश सभा सदस्य ज्ञानेन्द्र यादवले पनि गत ६ महिनादेखि रोकिएको निर्वाचन क्षेत्र विकासको कार्यक्रम तत्काल अगाडि बढाउन माग गरे । बजेट हुँदाहुँदै सरकारले विकासको काम अगाडि नबढाउनु भनेको भ्रष्टाचारको संकेत रहेको आरोप लगाए ।
‘अहिलेसम्म ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसक्नुपर्ने थियो, तर हालसम्म शुरु पनि नगर्दा, हतारमा काम गर्दा कमसल, गुणस्तरहीन काम हुने र भ्रष्टाचार हुने निश्चित रहेको छ ।’ उनले भने ।
त्यस्तै अर्का प्रदेश सभा सदस्य किशोरी साह कमलले संसदीय विकास क्षेत्रको रकम बढाउनुपर्ने माग गरे । उनले यसै आर्थिक वर्षमा विकासको काम हुने भएकाले मुख्यमन्त्री, सत्तापक्ष र विपक्षी दलबीच बैठक बसेर रकम बढाउनुपर्ने भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया