मधेश

जोखिम भत्ता नपाएको भन्दै नारायणी अस्‍पतालका स्वास्थ्यकर्मी आन्दोलित

इकागज |
चैत ७, २०७७ शनिबार १०:५१ बजे

वीरगन्ज : कोभिड–१९ महामारीका बेला खटिए बापतको जोखिम भत्ता अहिलेसम्म पनि नपाएको भन्दै वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू विरोधमा उत्रिएका छन् । जोखिम भत्ताको रकम सरकारले अस्पतालको खातामा पठाइसकेको भए पनि अस्पताल प्रशासनले वितरण नगरेकाले विरोधमा उत्रनु परेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए । महामारीका बेला ज्यानको समेत प्रवाह नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरेको भए पनि अहिलेसम्म भत्ता जोखिम भत्ता नदिइएको उनको भनाइ छ  । 

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीगरी करीब ४ सय जनाले साउनदेखि यताको जोखिम भत्ता पाएका छैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले भने जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेका कारण वितरण गर्न समस्या भएको बताए । जोखिम भत्ताको लागि कोभिडका बेला काम गर्ने कर्मचारीको डिउटी प्रमाणित गर्न एउटा समिति पनि बनाइएको र उतm समितिले डियुटी प्रमाणित गरेर दिए लगतै वितरण हुने उनको भनाइ छ ।



Author

थप समाचार
x