जसपाका संघीय परिषद सदस्य यादव जेल चलान
जनकपुरधाम– लेनदेन मुद्दा आरोपमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य युवा नेता नवीनकुमार यादवलाई जेल चलान गरिएको छ ।
लेनदेन मुद्दा आरोपमा जिल्ला अदालत धनुषाले नेता यादवलाई बिहीबार एक वर्ष कैद सजायको फैसला सुनाएको हो । फैसलापछि नेता यादवलाई बिहीबार नै सिन्धुली कारागारमा पठाइएको छ ।
वादीले एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगोसहितको माग गर्दै लेनदेनको मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता गराएका थिए । मुद्दा दर्ता लगतै नेता यादवले अदालतको आदेशमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
विगोसहितको रकम नतिरेपछि यादवलाई अदालतले एक वर्षका लागि जेलचलान गर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यसअघि पनि यादवलाई जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जनकपुरधामको शिवचोकस्थित जेएफसी क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिला कर्मचारीलाई यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो । तर उनी आबद्ध तात्कालीन समाजवादी पार्टीले प्रहरी विरुद्ध प्रदर्शन गरेपछि धरौटीमा उनलाई रिहा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया