मेयर साहको निवास अगाडि सफाइकर्मीको धर्ना
जनकपुरधाम– सफाईकर्मीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन् ।
उनीहरुले जनकपुरधाम वडा नम्बर ४ स्थित मेयर साहको निवास अगाडि आफूहरुलाई दुई महिना काममा लगाएर हटाएको भन्दै पुनः काममा लगाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन ।
सफाइ कर्मचारीहरुले आफूसँग नगर प्रमुख साहले अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नारावाजीसमेत गरेका थिए । उनीहरुको आन्दोलनका कारण मेयर साहलाई निवासबाट निस्किन घण्टौ समयमा लागेको थियो । पछि प्रहरी लगाएर तिनीहरुलाई निवास अगाडि हटाई मेयर साह निवासबाट बाहिर निस्केको थियो ।
जनकपुरधाममा फोहोरको अत्याधिक समस्या रहेको र सडकहरु समयमा सफाइ नभएपछि उपमहानगरका पदाधिकारीहरुको आलोचना हुँदै आएको छ । तथापि उपमहानगरले नगरको सरसफाइमा ध्यान नदिएको आरोप लाग्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया