मधेश प्रदेश: अध्ययन समितिको प्रतिवेदन पेस
फाइल फोटो
जनकपुर - प्रवेश विश्वविद्यालयसम्बन्धी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।
प्रदेशसभाको आजको बैठकमा समितिका सभापति शैलेन्द्रकुमार यादवले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विद्येयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विद्येयकसम्बन्धी अध्ययन प्रतिवेदन पेस गरे ।
अध्ययन समितिको प्रतिवेदन पेस भएसँगै आजको बैठक स्थागित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।
प्रदेशसभाको अर्को बैठक भोलि मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया