लोसपाद्वारा मधेश प्रदेशमा उम्मेदवारहरूको सूची तयार
जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका पालिकाहरूमा भाग लिने उम्मेदवारहरुको सूची तयार पारेको छ ।
तयार पारिएका उम्मेदवारहरूको सो सूचीसहितको सो प्रतिवेदन लोसपा जिल्ला कमिटीहरुले प्रदेश कमिटीलाई मंगलबार बसेको बैठकमा हस्तान्तरण गरेको हो ।
प्रदेशका ८ वटै जिल्लाले आ–आफ्ना जिल्लाका पालिकाहरुबाट सिफारिस भई आएका नामावली सूची सहितको प्रतिवदेन जिल्ला कमिटीहरूले प्रदेशलाई हस्तान्तरण गरेको प्रदेश कमिटीले सो प्रतिवेदन अध्ययन गरी सिफारिसका लागि वैशाख २ गतेसम्म केन्द्रिय कमिटीमा पठाइने प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बताएका छन् ।
‘प्रत्येक पालिकाहरुबाट सिफारिस भएका आकांक्षी उम्मेदवारहरुको सूची जिल्लाले संकलन गरी प्रतिवेदन तयार गरेर प्रदेश कमिटीलाई बुझाएको छ,’ उनले भने, ‘त्यसको अध्ययन गरी अन्तिम नामावली सूचीसहितको प्रतिवेदन केन्द्रमा सिफारिसका लागि पठाउने छौं ।’
जिल्लाहरुका आएका आकांक्षी उम्मेदवारहरु मध्ये करिब १७÷१८ पालिकामा मेयर र उपमेयर सर्वसम्मत सहमति गरी नै पठाइएको छ भने केहीमा ठाउँमा अन्य दलसँग तालमेल गर्ने भनिएको छ । बाँकीमा दुई देखि ७÷७ जना व्यक्तिसम्म आकांक्षी नामावली आएको प्रदेश सचिव रामविनोद चौधरीले जानकारी दिए ।
‘तालमेल गर्ने ठाउँमा हामी आवश्यक अन्य दलसँग स्थानीयस्तरबाटै छलफल गर्नेछौं भने बढी उम्मेदवार देखिएकामा सर्वसम्मति मिलाउने प्रयास गर्नेछौं, त्यसले टुग्याउंन नसके अन्तिम निर्णय केन्द्रिय कमिटीको हुनेछ ।’ उनले भने ।
प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको सो बैठकमा सचिव रामविनोद चौधरी, ८ वटै जिल्लाका अध्यक्ष, जिल्ला तथा केन्द्रिय पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया