मधेश

जसपाबाट जितेका मेयर एमाले प्रवेश गर्दै

इकागज |
बैशाख ३, २०७९ शनिबार ९:७ बजे

सर्लाही- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्‍न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेद्‌वारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।


‘मेयर, वडा अध्यक्षहरु, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरूलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भने ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।  

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रमार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडाध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडाध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्‍न पार्टीका जिल्ला स्तरिय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।


Author

थप समाचार
x