जनकपुरधामको मेयर जसपामा परेपछि कांग्रेस नगर सभापतिले दिए राजीनामा
जनकपुरधाम – सत्ता गठबन्धनको चुनावी भागबण्डामा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि नेपाली कांग्रेसका नगर सभापति सयौं नेता कार्यकर्ताहरुले पार्टीबाटब राजीनामा दिएका छन् ।
शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसका नगर सभापति मनोज साहले गठबन्धनले जनकपुरधाम उपमहानगरको मेयर पद जसपालाई दिएपछि पार्टी नेता कार्यकर्ताहरुको सल्लाहमा चुनाव लड्न आजकै मितिदेखि पार्टीको नगर सभापति पदसहित साधारण सदस्य नरहने समेत गरी राजीनामा गरेको घोषणा गरे ।
‘जनकपुरधाम उपमहानगरपालिका नेपाली कांग्रेसको उर्वर भूमि हो, पछिल्लो निर्वाचनमा समेत निकटतम प्रतिद्वन्दी रहेको अवस्थामा जसपालाई मेयर पद दिनु भनेको यहाँ कांग्रेसलाई समाप्त खेल भएको हुनाले पार्टीलाई बचाउन आफू सहितका नेता कार्यकर्ताहरुले हालका लागि राजीनामा दिएको हुँ ।’ उनले भने ।
कांग्रेसले गठबन्धनमा जनकपुरधामलाई अरुलाई दिएर आफ्नै घरमा आफैले आगो लगाएको भन्दै उनले अब आफू स्वतन्त्र उम्मेदवार दिने बताए । उनले भने, ‘नेपाली कांग्रेसको २५ वटै वडाका सदस्यहरुको भावना अनुरुप स्वतन्त्रबाट चुनाव लड्न मैले राजीनामा दिएको हुँ । छाप जुन भएपनि अनुहार कांग्रेसी नै हुनुपर्ने जसपाबाट सम्भावित भ्रष्टाचारी उम्मेदवार र जनाधार नै रहेका पार्टी मत नदिने कांग्रेस नेता कार्यकर्ताहरुको आग्रहमा आफू स्वतन्त्रबाट उम्मेदवारी दिन मैले राजीनामा दिने निर्णयमा पुगेको छ ।’
संचारकर्मीहरुको जिज्ञासामा उनले भने ‘हामीले केन्द्रिय समितिलाई गठबन्धनको निर्णय सच्याएर कांग्रेसलाई जनकपुरधामको मेयर पद दिनुपर्ने २४ घण्टे अल्टिमेटम दिएपनि कुनै चासो नदेखाई उल्टै गृहमन्त्री बालकृष्ण खाँडले कारवाही गर्छु भन्ने चेतावनी दिदैं आएको छ ।’
तपाईको समूहबाट जनकपुरधामको २५ वटै वडामा स्वतन्त्रबाट हरेक पदमा उम्मेदवारी पर्ने भन्ने जिज्ञासामा उनले कांग्रेसलाई १० वटा वडा भागबण्डामा परेको छ, भागबण्डा बाहेक १५ वटामा हाम्रो स्वतन्त्र समूहबाट कांग्रेसलाई बचाउन उम्मेदवारी पर्ने बताए ।
कांग्रेसबाट राजनीमा पछि साह एमालेमा जान सक्ने कुरामा चर्चामा रहेको छ । एमालेसँग आन्तरिक छलफल समेत साहको भइसकेको तर मेयर पदमा बार्गेनिंग मिल्न नसकेको कारण पार्टी प्रवेशको कुरा रोकिएको स्रोतको भनाई छ ।
साहले आफूसंगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साह सहित अढाई सयभन्दा बढी क्रियाशील सदस्यहरुले संयुक्त रुपमा राजीनामा दिएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया