टिकट नपाएपछि धनुषाका मेयर यादव जसपाबाट दलबलसहित लोसपामा प्रवेश
जनकपुरधाम –आसन्न स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट टिकट नपाएपछि धनुषाको एक मेयर आफ्ना दलबलसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।
जिल्लाका गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमख रामबाबु यादवलाई जसपाले टिकट नदिएपछि मनोयन दर्ताकै दिन आफ्ना दर्जनौँ समर्थकसहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
यादवसहित उनका समर्थकहरुलाई निर्वाचनमा टिकट दिने प्रतिबद्धता सहित लोेसपाका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया र धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहलगायतकाले आइतबार दिउँसो माला र टीका लगाएर पार्टीमा स्वागत पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश पश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यादवले जसपाभित्र एकलौटी निणर्य हावी भएको र पूराना नेता कार्यकर्तालाई मूल्यांकन नगरिएकोले बाध्य भएर आफूले जसपा परित्याग गरी लोसपामा प्रवेश गरेको बताए ।
टिकटकै लागि लोसपामा प्रवेश गर्नु भएको जिज्ञासामा उनले भने यस पालिकामा जसपाबाट कोही मजबूत उम्मेदवार नभएकोले शुरुदेखि पार्टीले आफूलाई प्रतिबद्धता जनाउंदै आएको थिो नगर समितिबाट नाम सिफारिस समेत भएको थियो । तर रकम चलखेलको आधारमा पार्टीका नेताहरु दिपक कार्की र मन्त्री रेणु यादवले अरुलाई टिकट दिएर भाँडभैलो मचाउन थालेपछि पार्टी परिवर्तनबाहेक अरु विकल्प नभएकोले लोसपा रोजेको बताए ।
यादव २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गणेशमान चारनाथ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।
यसअघि टिकटका लागि जनता समाजवादी पार्टी नेपालभित्र विवाद हुँदा आइतबार बिहान सो पालिकाको टिकटका लागि कुटपिट समेत भएको बुझिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया