मधेश

ट्रकको ठक्करबाट मुख्यमन्त्री कार्यालयमा कार्यरत असईको मृत्यु

इकागज |
चैत १३, २०७७ शुक्रबार १५:३७ बजे

जनकपुरधाम : ट्रकको ठक्करबाट धनुषामा नेपाल प्रहरीका एक जना असइको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गतअन्तर्गत जनकपुर बर्दिबास सडक खण्डमा मिथिला नगरपालिका–१० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा असई मदनजंग कापरको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार बिहान करीब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरतर्फ आउनेक्रममा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । 


ठक्कर दिई घटनास्थलबाट फरार भएको ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियाअघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

उनकाअनुसार महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी मृतक असई कापर प्रदेश २ सरकारको  मुख्यमन्त्री मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । असई कापरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।


Author

थप समाचार
x