फ्याक्टस नेपालले गरेको सर्वेक्षण अनुसार वीरगञ्जमा गठबन्धनका उम्मेदवारले जित्ने
काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को अधिकांश स्थानमा सकिएको छ ।
केही स्थानमा दोहोरो झडप र विवादका कारण मतदान प्रक्रिया स्थगित भएको हो ।
सोही क्रममा अनुसन्धान संस्था फ्याक्टस नेपालले स्थानीय तह निर्वाचन २०७९ को विभिन्न २० प्रमुख नगरको एक्जिट पोल गरेको जानकारी दिएको छ ।
हरेक १५ मिनेटमा एक नगरको ओपिनियन पोल प्रकाशित गर्ने फ्याक्टस नेपाल सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएको छ ।
फ्याक्टसले सार्वजनिक गरेको वीरगंजको एक्जिट पोलमा गठबन्धनले जित्ने देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया