काठमाडौँ महानगरको फोहर व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ – काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेकाे छ ।
सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयरसमेत रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेकाे हाे ।
त्यस्तै महानगरले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स पनि सञ्चालनमा ल्याउने भएको छ ।
त्यसैगरी नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरिएकाे छ । बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया