बागमतीको नीति तथा कार्यक्रम पारित
मकवानपुर - बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को लागि प्रस्तावित गरेको नीति तथा कार्यक्रम बहुमतले स्विकृत भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रमलाई निणर्याथ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले बताए । नेकपा एमालेसहितका प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा ध्वनी मत दिएपछि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
यस अघि सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः दिउँसो बसेको थियो । नेकपा (एमाले)को अवरोधपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि दिउँसो बैठक बसेको थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक सुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो । १० मिनेटकोलागि स्थागित भनिएको बैठक २ घण्टापछि सरेको थियो ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए ।
त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए । निरौलाले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका तीन जना निजामती कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाएका थिए ।
उनले त्यसको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायम राख्ने बताएपछि बैठक स्थगित गरिएको थियो । प्रदेश सभा बैठक जेठ ३१ गते २ बजे बस्ने गरी स्थगित भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया