बागमती

मकवानपुर जिससमा कांग्रेसको दाबी

इकागज |
जेठ २४, २०७९ मंगलबार १९:३० बजे

मकवानपुर - मकवानपुर कांग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व हुनुपर्ने दाबी गरेको छ । नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी सभापति बुद्ध लामाले आज पत्रकार सम्मेलन गर्दै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले आफूहरूले जिल्ला समन्वयमा आफ्नो दाबी रहेको बताए ।

स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय मध्ये थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व माओवादी केन्द्र र एकिकृत समाजवादीलाई दिएका कारण पनि जिल्लाको नेतृत्व दावी गर्ने अधिकार कांग्रेससँग रहको लामाले बताए ।

उनले जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँछन् ।

नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।

सयैबिच मकवानपुर कांग्रेसले जनभावना अनुरूप स्थानीय तहको विकास निर्माण तथा अन्य काम गर्न निर्देशन दिएको छ ।



Author

थप समाचार
x