मेलम्चीको अस्थायी पुलमा क्षति, मर्मत जारी
क्षति पुर्याएको अस्थायी पुलमा मर्मत गरिँदै । तस्बिर : देवराज सुवेदी
काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । रातभर पानी परेपछि आएको बाढीले फट्टेमा ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिकाका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् । अहिले स्काभेटर प्रयोग गरेर मेलम्ची नगरपालिकाले मर्मत गरिरहेको छ ।
गत असार १ को बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । त्यस्तै पक्की पुल बगाएको थियो ।
निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति गर्दा आवातजावतमा समस्या । यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन् । गत असार १ को बाढीले पक्की पुल बगाएको थियो । तस्बिर : देवराज सुवेदी pic.twitter.com/zgiUGGadWa
— eKagaj (@ekagaj) June 9, 2022
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया