कार्यपालिका बैठकमा बालेन भन्छन्- डेढ वर्षमा विद्युत्का तार अन्डरग्राउन्ड हुन्छ
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।
आइतबार बसेको कार्यपालिकाको बैठकमा मेयर शाहले सडक, विद्युत्् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको उनले जानकारी दिए । विद्युत् प्राधिकरणका तर्फबाट तार अन्डरग्राउन्ड गरिने प्रतिबद्धता आएको उनले बताए ।
महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानीलगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबीच सहकार्यको समीक्षा गरिने शाहले बताए ।
सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजना अनुसार सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर शाहले प्रस्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया