काठमाडौँको नगरसभा बैठक आइतबार
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको ११ औं नगरसभाको बैठक आगामी आइतबार ५ गते हुने भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहको हलमा ३ बजेदेखि सुरु हुने भएको हो ।
आइतबार महानगरपालिकामा बसेको दोस्रो कार्यपालिकाको बैठक अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ बमोजिम ११ औं नगरसभाको अधिवेशन हुन लागेको हो ।
नयाँ निर्वाचित मेयर र उपमेयर आएपछि पहिलोपटक नगरसभा हुन लागेको हो । स्वतन्त्र चिन्ह लिएर निर्वाचित भएका मेयर बालेन्द्र शाह भएपछि बसेको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया