आज बागमती प्रदेश सभा बस्दैः ५ वटा प्रतिवेदन पेश हुने
फाइल फोटो
मकवानपुर - बागमती प्रदेशसभामा आज मंगलबार बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
यसैगरी आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नेछन् । बागमती प्रदेश सरकारले भोलि बजेट सार्वजनिक गर्दैछ । भोलि १ असारको अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट पेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।
बागमती प्रदेश सभाले १९ गतेमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो । उक्त नीति तथा कार्यक्रमलाई पुरापूर सम्बोधन गर्ने गरी बजेट ल्याइने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया