काठमाडौँ महानगरमा भोलिदेखि ९ वटा ब्रुमर सञ्चालनमा आउने
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ब्रुमर बिग्रेकाले सबै चलाउन नसकेको बताएका छन् । आजदेखि ५ वटा ब्रुमरले महानगर क्षेत्रको सफाइ गरिरहेको बताएका छन् ।
उनले भने,' बाँकी ४ वटा भोलिदेखि सञ्चालनमा हुन्छन् । ९ वटा ब्रुमरले नियमित रुपमा सफाइ गर्नेछन् ।'
शाहले वर्षायाम भएकाले केही ठाउँमा असहज हुने प्रस्ट पारेका छन् । आवश्यक ठाउँमा चाँडो पुगेर काठमाडौँलाई धुलोरहित बनाउने उनले विश्वास व्यक्त गरे ।
उनी थप्छन्,' सफा बनाउने अभियानमा ब्रुमरहरू सहयोगीसिद्ध हुनेछन् ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया