बागमती सरकार बजेट:
विद्यालय बस खरिदको लागि ६ करोड
हेटौंडा - बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
उनले लोपोन्मुख, अति सिमान्तकृत, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया