बालेनको चुनावी खर्च : तीन लाख ९४ हजार ४८९
सवारी साधन र प्रचार सामग्रीमा समान ९२ हजार
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक विवरणअनुसार शाहको चुनावी अभियानमा कूल खर्च तीन लाख ९४ हजार ४८९ उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै गोष्ठी र कार्यकर्ता परिचालनमा एक लाख १३ पाँच सय खर्च भएको छ । त्यस्तै मतदाता नामावली खरिदमा एक लाख, सवारी साधनमा ९२ हजार, प्रचार सामग्रीमा ९२ हजार ८५ खर्च भएको उल्लेख छ ।
उनले मतगणानामा ढिलाइ हुँदा खर्च बढेको बताएका छन् । मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनको भनाइ छ ।
खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएकोमा समेत उनले माफी मागेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया