बागमती

दक्षिण ललितपुरको महांकाल गाउँपालिका नाम फेर्दै

इकागज |
असार १२, २०७९ आइतबार ११:५५ बजे

ललितपुर - दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ ।  गाउँपालिकाको गाउँ सभाको दशौं अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । 

‘हामी यो प्रस्ताव प्रदेशमा पठाउछौं । प्रदेशले केन्द्रलाई पाठएपछि निर्णय हुन्छ,’ उनले भने ।


धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महांकाल वैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीकाे भनाइ छ ।

दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रूपमा परिचित महाकांलमा कालेश्वर महादेव मन्दिर, वैतरणी धाम, महांकाल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको बाक्लो भिड लाग्ने गरेको छ । 

दक्षिण ललितपुरकै बागमती गाउँपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ । 


Author

थप समाचार
x